इनरुवा – अवैध रुपमा कोसी टप्पु वन्यजन्तु आरक्षमा चोरी शिकारी गर्ने तीन जनालाई आरक्षणको गस्ती टोलीले मंगलबार राति पक्राउ गरेको छ ।
आरक्षमा चोरी शिकारी बढदै गएको जनगुनासो बढदै गएपछि साता अघिबाट सुरु गरिएको स्वीप अपरेसनका क्रममा राति दुइबजे आरक्ष अन्तरर्गतको कमलपुर क्षेत्रबाट चोरी शिकारीमा सल्गन तीन जनालाई नियन्त्रणमा लिइएको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । पक्राउ पर्नेहरुमा सप्तरीको पिप्रा पुर्व ४ का दीपेन्द्र सरदार , सुनिलकुमार सरदार र हर्खित चौधरी रहेको रामले बताए ।
पक्राउ परेकाहरुसंगै रहेका अन्य चारजना भने भागेको पक्राउ गर्न नसकिएको उहाले जानकारी दिए । पक्राउ परेकाहरुले आफूहरु यस अघि पनि पटक पटक आरक्षको संरक्षित क्षेत्रमा चरा र जिवजन्तुको चोरी शिकारी गर्दे आएको स्वीकार गरेका छन् ।
विभिन्न जिवजन्तुको शिकार गरी त्यसको मासु बिक्री गर्ने गरेको उनहरुले बताए । पक्राउ परेकाहरुमाथी राष्ट्रिय वन्यजन्तु संरषण ऐन २०२९ अनुसार कारबाही गरिने आरक्षले जनाएको छ ।
यसैबीच अपरेसनका क्रममा बुधबार आरक्षमा अवैध चरिचरणका लागि छोडिएका दुईसय १२ भैंसी र तीनवटा गाई नियन्त्रणमा लिइएको छ ।