अमेरिकाको विभिन्न राज्यमा आँधी र विषम मौसमका कारण कम्तिमा २५० जनाको मृत्यु भएको छ। अमेरिकाको दक्षिणी, मध्य र पूर्वि क्षेत्र २ साता देखि आँधी लगायत विषम मौसमको चपेटामा पर्दै आएको छ।
स्थानिय प्रहरीले विषम मौसमको चपेटामा आएर मध्य अर्कान्सासमा कयौ जनाको मृत्यु भएको जनाएको छ। यसैगरी राज्यको उत्तर पश्चिमी क्षेत्रमा ५ जनाको मृत्यु भएको छ।
बाढीले कार बगाएपछि कयौ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। भिषण वर्षा समेत भएको हुनाले राजमार्गमा समेत बाढीको पानी प्रवेश गरेको छ। यसैगरी हावा हुन्डरीको चपेटामा आएको एक सानो शहरमा कयौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अमेरिकी मौसम विभाग नेशनल वेदर सर्भिसले टेन्नेसी, अर्कान्सास र टेक्सास राज्यमा विषम मौसमको खतरा विद्यमान रहेको चेतावनी जारी गरेको छ। उता मिसौरीमा बाढीका कारण १७ हजार बाशिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिनूपर्ने अवस्था आइलागेको उद्धारकर्मीहरुले बताएका छन्।