राष्ट्रिय लोक गीत प्रतिस्ठान अर्घाखाँचीको आयोजनमा ब् हत सांगीतिक कार्यक्रम सम्पन्न


 

राष्ट्रिय लोक गीत प्रतिस्ठान अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीको सन्धिखर्क स्थित शान्ती बगैचामा व् हत सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

 

थाहा भए अनुसार उक्त सास्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका लोक, पप, आधुनिक गीतका कलाकारले अनेकौ गीत, संगीत, न् त्यहरु प्रर्दशन गरेका थिए। यसै गरी जिल्ला स्तरिय कलाकारहरुले समेत बिभिन्न आ-आफ्ना प्रस्तुतीहरु देखाएका थिए।

 


साथै कार्यक्रमको मुख्य आकर्षण पुरुसोतम न्यौपाने, देवी घर्ती, पशुपती शर्मा, जीवन परिवार, सिताराना आदी राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको थियो।  जिल्लाका प्रमुख पार्टीका नेताहरु, प्रजिअ, सेनाका अधिकारीहरु लगायत जिल्ला स्थित बिभिन्न कार्यालय प्रमुख-कर्मचारीहरु तथा सर्बसाधारणको बाक्लो  उपस्थिती रहेको थियो।

 

उता अग्रिम सुचना गरिए अनुसार अर्घाखाँचीडट्कमबाट हुने भनिएको प्रत्क्षय भिडियो लाईभ प्रवाधिक कारणले गर्दा दिन भरिको प्रयासबाट अर्थहिन हुनपुग्यो । प्राप्त पछील्लो ईमेल जानकारी अनुसार अर्घाखाँचीमा ३,४ दिन अगाडि आएको भयन्कर आधी, हुरी, वर्षाले गर्दा विधुत आपुर्ती समेत बन्द हुन पुगेको थियो।

 

यसैक्रममा अर्घाखाँचीडट्कमबाट प्रत्क्षय लाईभको सुचना जानकारी गराएर पनि सफल हुन नसक्दा पाठक एवम भिडियो दर्शक, स्रोतामा परेको असुविधा प्रति अर्घाखाँचीडट्कम गहिरो क्षमा चाहन्छ ।

 

सन्धिखर्कबाट भिडियो लाईभ एवम फोटो भिडियो समाचार सामाग्रीका लागि अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी लगायत समाचार प्रमुख बिनोद गैरे एवम स्थानिय सम्बाद्दाताहरु तथा विषेश सहयोगीहरु दिनेश, प्रदिप नेपाली, राजन आचार्य, फर्सुराम चुदाली आदीको उपस्थिती थियो। उता अन्त्यमा सन्धिखर्क स्थित ईन्टरनेट सेवा उपलब्ध गराउन आफ्नै उपस्थितमा सहयोग गर्ने  World Link परिवारका सम्पूर्ण स्टाफहरु अर्घाखाँचीडट्कम धन्यवाद दिएको छ।  

 

Editor’s Note: पुरा तस्बिरहरु “तस्बिर” पेजमा गएर हेर्न अनुरोध गरिन्छ।  

अन्य समाचारहरु