– वीरेन्द्र केसी
अर्घाखाँची । आफनो नेतृत्वको सरकारको पालामा जिल्लामा विकास निर्माणका काम गरेको प्रभाव पार्न एमाले नेताहरु प्रधानमन्त्री देखी अन्य मन्त्रालय धाएका छन ।
विकास निर्माणमा पछाडी परेको दुर्गम जिल्ला अर्घाखाँचीमा विकास योजनाका कार्यक्रम र बढी बजेट छुट्टाउन माग गर्न जिल्लास्तरीय नेताहरु विकास योजनाको एजेन्टा लिएका काठमाडौ पुगेका हुन । एमाले जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरेको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले प्रधानमन्त्री झलनाथ खनाल अर्थ उर्जा भौतिक योजना तथा निर्माण वन रक्षा साचार लगायतका मन्त्रालयमा पुगेर जिल्लामा विकासे बजेट थप गर्न र थप योजना साचालन गरिदिन माग गरेको छ ।
घिमिरेका अनुसार प्रधानमन्त्रीसँग जिल्लामा आउने विकासे बजेटलाई थप बढाउन अर्घामा एयरपोर्ट निर्माण नरपानीमा उत्खखन गरि भारत लगिरहेको चुनढुंगालाई जिल्लामै सिमेन्ट उद्योग स्थापना गरिदिन उद्योग साचालनको लागि १३२ केबीको विद्युत प्रशारण लाईन जडानका लागि पहल गरिदिन माग गरिएको छ । त्यस्तै जिल्लाको प्रमुख सडक सन्धिखर्क गोरुिसंगे सडक फाटेकालाई मर्मत गर्न र जिल्ला भित्रका मुख्य सडकको स्तर उन्नती गर्नको लागि थप बजेट विनियोजन गर्न माग भएको छ ।
टोलीले अर्थमन्त्री भरतमोहन अधिकारी उर्जामन्त्री गोकर्ण विष्टलाई जिल्लामा विनियोजन हुने बजेट थोरै भएकाले थप बढाईदिन माग गरेको छ । प्युठानको झिमरुक जलविद्युत अर्घाखाँची सदरमुकाम लगायत गाउँमा जडान कार्य रोकिएकाले तत्काल पहल गरिदन माग गरेको छ । झिमरुक जलविद्युतमा कहिल्यै लोड सेडिङ हुदैन । त्यस्तै जिल्लाकै भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीसँग जिल्लामा भवन निर्माण लगायतका विशेष ध्यानका साथ पहल गरिदिन अनुरोध गरेका छन । टोलीले वन शिक्षा रक्षा साचार मन्त्रीसँग भोट गर्दै जिल्लाको दक्षिणी क्षेत्रमा भएको वन विनास हुनबाट रोक्न निर्देशन दिन अग्रह गरेको छ । जिल्लाका सबै टोलसम्म मोवाईल फोन ईमेल ईन्टरनेटको पहुँच विस्तारको लागि पहल गरिदिन माग गरेको घिमिरेले बताए ।
विकास योजना र बजेट मागपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरुलाई अर्घाखाँचीको विकास निमर्ँणको कामलाई प्राथमिकता दिई कार्यन्ययनको गर्न निर्देशन दिएको र भेटमा अन्य मन्त्रीहरुले पनि माग अनुसार कामको लागि पहल गरिदिन्छौ भनि आश्वासन दिएको उनले बताए ।
मन्त्रालय धाउने टोलीमा जिल्ला अध्यक्ष घिमिरे समानुपातिक तर्फबाट सभासदद्धय नजिर मियाँ सावित्रा भुसाल र राष्ट्रिय परिषद सदस्यद्धय नरेन्द्र कुमार क्षेत्री पीताम्बर भुसाल १ नं. क्षेत्रीय अध्यक्ष पीताम्बर भुसाल २ नं. क्षेत्रीय अध्यक्ष जीवनारायण कोईराला जिल्ला सदस्य सरोज भुसाल नेताहरु भोज बहादुर शाह गोपाल खनाल बोम बहादुर विक लगायत रहेको एमालेले जनाएको छ ।