– वीरेन्द्र केसी
सेङलेङ, अर्घाखाँची । सोलार प्रविधिबाट गाउँमा खानेपानी ल्याएपछि वर्षौदेखीको खानेपानीको दुःख हटेको छ । जिल्लाकै सबैभन्दा अल्गो धनचौरको सेङलेङ गाउँमा सोलार सिस्टमबाट खोलाको पानी डाडाँमा ल्याएपछि गाउँले खुसी भएका छन ।
सोलार प्रविधिबाट गाउँमा ल्याईएको खानेपानीको उदघाटन गर्दै काग्रेस केन्द्रिय सदस्य एवं अर्घाखाँची क्षेत्र नं-२ की सभासद पुष्पा भुसाल
गाउँमा पानी खसेपछि पुस्तौदेखीको पानीको दुःख हटेको खुसीयालीमा गाउँलेले भोजभतेरका साथै नाचगान गर्दै खुसीयालीमा अभिरजात्रा गरेका थिए । घण्टौसम्मको उकालोमा पानी बोक्ने समस्या हटेको भन्दै गाउँमा सबैभन्दा बढी घरका गृहणीलाई खुसीको सीमा भएन । जिल्लाकै अग्गो डाँडोमा वस्ती भएकाले गाउँलेले खानेपानीको समस्या भोग्दै आएका थिए ।
धनचौरको सेङलेङ गाउँमा सोलार प्रविधिबाट खानेपानी ल्याउन तीन वर्ष लागेको थियो । वस्ती देखी करिब तीन किलोमिटर तलपटीको खोलाबाट गाउँमा पानी ल्याएपछि गाउँलेलाई खानेपानीको सुविधा पुगेको हो । यति अग्गो गाउँमा पानी आउला भन्ने कल्पना पनि गरेका थिएनौ तीन वर्षको मेहनतमा योजना सफल भयो धनचौर-सेङलेङ खानेपानी उपभोक्ता समितिका सचिव रघुनाथ बाजाडेले भने सबै गाउँले दंग भएका छन । डरलाग्दो भीर मुनिको खोल्सामा रहेको पानी भीरैभीरबाट वस्तीमा खानेपानी ल्याउन स्थानीयले तीन वर्षसम्म पसिना चुहाएका थिए । तीन किलोमिटर तलको खोलाबाट वस्तीमा पानी खसेपछि अब पानीको दुःख हटेको गाउँलेले बताए ।
खानेपानी आएको खुसीयालीमा नाचगान गर्दै गाउँले
सोलार प्रविधिबाट गाउँमा पानी लैजान मुहान नजिकै १ हजार १ सय २० वाट क्षमताको करिब एक सय जति सोलारका पाता जडान गरिएको छ । त्यही सोलार सिस्टमबाट खोलाको पानी तीन किलोमिटर अल्गो वस्तीमा फाल्ने गरेको छ । मुहान खोल्सो छ दिनभर घाम लाग्दैनन दिनमा तीन चार घण्टा सोलारको पातामा लागेको घामले पानी फाल्ने गरेको छ उनले भने कुनै दिन घाम लागेनन भने पानी तान्दैन । आकाशमा मौसम सफा भएर चर्का घाम लागेको बेला प्रशस्त पानी सोलार प्रविधिबाट जडान गरिएको मेसिनले फाल्ने गरेपछि पानीको कुनै प्रभा नै हुदैन बाजाडेले भने सोलारको पातामा घाम परेनन् भने मेसिनले त्यती धेरै पानी तान्दैन ।
पानी तान्नको लागि राखिएको सोलार ।
खोलाबाट डाँडोमा खसेको पानी १० घनमिटरको टयांकीमा संगालेर वस्तीमा जडान गरिएका ५ धारामा विहान बेलुका वितरणपछि गाउँलेले पानी खाएका छन । पुस्तौदेखीको तीन किलोमिटर तलको कुवाबाट पानी बोक्ने दुःख हटेपनि गाउँमा दैनिक ५० हजार लिटर पानी आवश्यक्ता पर्ने भएपनि अहिले टयाकीमा जम्मा भएको १० हजार लिटर पानी गाउँका १ सय १२ घरदुरीका करिब ८ सय घरपरिवारका गाउँलेले बाँडेर पानी खाने गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोम बहादुर पुनले बताए । एक गाग्री पानी दुई तिन किलोमिटरको उकालोमा बोकेर खाने गरेका थियौ उनले भने यो पनि हाम्रो लागि ठुलो राहत भएको छ ।
सभासद पुष्पा भुसालको पहलमा वैकल्पिक उर्जा प्रवन्दन केन्द्रको ११ लाख ६३ हजार धनचौर गाविसबाट २ लाख ८० हजार सांसद विकास कोषबाट १ लाख विभिन्न संघ सस्थाबाट एक लाख ऋण र गाउँलेले ४ लाख ७० हजार रुपैयाँ रकम संकलन गरेर १७ लाख १४ हजार भन्दा बढी रुपैयाको लागानीमा सम्पन्न उक्त खानेपानी योजनामा तीन वर्षसम्म गाउँलेले श्रम गरेको थिए । सम्पन्न खानेपानी योजनाको उदघाटन गर्न पुगेकी काग्रेस केन्द्रिय सदस्य भुसाललाई अभिर र फुलमाला लगाए स्वागत गरेका थिए । पानीका लागि काकाकुलको अवस्थाबाट केही हलसम्म मुक्ति भएपछि सबै गाउँलेलाई प्रशस्त पानीको सुविधाको लागि थप योजनाको लागि पहल भैरहेको भुसालले बताएपछि गाउँले थप खुसी भएका थिए ।
खोल्सामा रहेका खानेपानीको मुहान
धनचौरकी स्थानीय पार्वता मगरले गाउँमा पानी आउँदा अचम्म लागेको भन्दै पानीका लागि जेलजस्तै जीवनबाट मुक्त भएको खुसी बाँडिन । एक गाग्री पानी अडकलेर प्रयोग गर्दै आएका थियौ विहानभरीको सयम पानीमा खर्चिदै आएका थियौ उनले भनिन अब बचेको समय आयआर्जन छोराछोरीलाई राम्ररी पढाउनमा खर्च गर्ने बताईन । पानीका लागि कष्टकर जीवन भोग्दै आएका स्थानीय वासिन्दाहरु खोलाको पानी गाउँमा आएपछि खुसियाली छन भने दुःखजिलोसँग पिठयुमु पानी बोक्ने महिला विगतका क्षण सम्भदै खुसी भएका छन ।