राष्ट्र संघद्बारा सिरियाली समस्यासम्बन्धी प्रस्ताव मुस्किलले पारित

संयुक्त राष्ट्र संघअन्तर्गत् मानव अधिकार परिषद्ले हिजो चर्को बहसका बाबजुत सिरियाली समस्यासम्बन्धी निर्णय प्रस्ताव मुस्किलले पारित गरेको छ। उक्त निर्णय प्रस्तावमा शान्तिपूर्ण प्रदर्शनकारीमाथि सिरियाले घातक हतियारको प्रयोग गरेको उल्लेख गर्दै त्यस घटनाको निन्दा गरिएको छ।

              मानव अधिकार परिषद्का सतचालीस सदस्य मुलुकमध्ये छबीसले उक्त निर्णय प्रस्तावको पक्षमा मत दिएका थिए भने प्रस्तावको विपक्षमा नौ मत परेको थियो । अन्य बाह्र सदस्य मुलुकहरु मतदानमा सहभागी नभएकाले निर्णय प्रस्ताव पारित भएको थियो । प्रस्ताव पारित भए तापनि उक्त विषयमा मानव अधिकार परिषद्का सदस्य मुलुकहरूबीच मतभेद रहेको स्पष्टरुपमा देखिएको छ।

              यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिजो मानव अधिकार उल्लंघनको घटनामा सिरियाका राष्ट्रपति बाशाल असादका भाइलगायत तीन उच्च सरकारी अधिकारी र सिरियाली जासूसी संस्था दोषी रहेको उल्लेख गर्दै सिरियाली सरकारलाई माल सामान आपूर्ति गर्ने इरानको इस्लामिक क्रान्तिकारी फौजमाथि प्रतिवन्ध लगाउन निर्देशन दिनुभएको छ।