फाताह र हमासका प्रतिनिधिहरूबीच इजिप्टमा गत सताईस तारिखका दिन प्यालेष्टाइमा अन्तरिम सरकारको स्थापना गर्ने विषयमा सहमति भए तापनि उक्त सहमतिबमोजिम गठन गरिने अन्तरिम सरकारमा सहभागी नहुने प्यालेष्टाइनको इस्लामिक जिहादले घोषणा गरेको छ।
इस्लामिक मुजाहिदिन जिहादको राजनैतिक ब्यूरोका सदस्य महमुद हामदीले स्थानीय सञ्चार-माध्यमलाई हिजो एक विज्ञप्ति पठाउँदै उक्त काइरो सम्झौताबमोजिम स्थापना हुने अन्तरिम सरकारमा जिहाद सहभागी नहुन भए तापनि फताह र हमासबीच सम्पन्न भएको सम्झौताको स्वागत गर्नुभयो।
हमासका एक उच्च नेता आनियाले हिजै इजरेलको दिदै आएको मान्यतालाई फिर्ता लिन प्यालेष्टाइनी मुक्ति संगठनलाई आव्हान गर्नुभयो।