नेटो सेनाले लिवियाको राजधानी टि्रपोलीमा गरेको हवाइ आक्रमणमा गद्दाफीका कान्छा छोरा सैफ अल अरबको मृत्यु


 

लिबियाका नेता ओमार मौआमेर गादाफीका कान्छा छोरा सेइफ एल अरब गादाफिको नेटोद्वारा गरिएको हवाई आक्रमणमा परी मृत्यु भएको छ। ओमार मौआमेर गादाफीका तीन नाति पनि आक्रमणमा परी मारिएका छन्। गदाफीको परिवारका सदस्यहरुको मृत्युको घटनालाई सबै क्षेत्रबाट चासो जनाइएको छ ।

लिबिया सरकारले स्थानीय समयअनुसार अप्रिल तीस तारिखका दिन मध्यरातमा उक्त समाचारको पुष्टी गरेको हो । समाचारअनुसार, नेटोका लडाकू विमानहरुले हिजो लिबियाको राजधानी ट्रिपोलिमाथि भीषण बमबारी गरेका थिए। बमबारीबाट सेइफ एल अरब गादाफि तथा ओमार मौआमेर गादाफीका तीन नाति मारिएका थिए। लिबिया सरकारका प्रवक्ताले उक्त घटनाको कडा शव्दमा निन्दा गर्दै उक्त घटना एउटा देशको नेतामाथि गरिएको “प्रत्यक्ष आक्रमण”भएको दोषारोपण लगाउनुभयो । ट्रिपोलिमा रहेका ओमार मौआमेर गादाफीका धेरै समर्थकहरुले पनि आक्रोस व्यक्त गर्दै “अपराधीलाई सजायँ दिनुपर्ने”माग गरेका छन्।


सेइफ एल अरब गादाफि उनान्तीस वर्षका थिए। ओमार मौआमेर गादाफीका कान्छा छोराको हैसियतले उनी सञ्चारमाध्यममा धेरै कम मात्रा छाउने गरेका थिए ।