लिबियाको राजधानी ट्रीपोलीको सुरक्षा परिस्थिति अझ बिग्रँदै

लिबियाको राजधानी ट्रीपोलीको सुरक्षा परिस्थिति हिजोदेखि अझ बिग्रँदै गएको छ। लिबियाका लागि इटलीको राजदूताबास र लिबियास्थित बेलायती राजदूतावास आबास भवनमा हिजो सबेरै आगजनी गराइएको छ। संयुक्त राष्ट्र संघले हिजै ट्रिपोलीमा तैनाथ आफ्ना अन्तर्राष्ट्रिय कर्मचारीहरूलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।

          प्राप्त जानकारीअनुसार, उक्त दुई आगजनीका घटनामा मानिसको हताहती भने छैन। केही हप्ताअघि इटलीले लिबियामा तैनाथ आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाइसकेको छ।

         बेलायत सरकारले हिजै आगजनीको घटनाको निन्दा गर्नुका साथै बेलायतस्थित लिबियाका राजदूतलाई फिर्ता पठाउने निर्णय गरेको छ।

         बेलायत र इटली दुवै देशका कूटनैतिक संस्थामा उत्पन्न आगजनीको घटना सम्भवत: स्थानीय सर्वसाधारणले चलाएको जवाफी गतिबिधि हो भन्ने समाचार रहेको छ।