पाकिस्तानी प्रधानमन्त्री युसूफ राजा गिलानीले आफुसँगको अन्तर्वातामा बोल्दै अमेरिकाले इस्लामावादनजिकैको ठाउँमा बिन लादेनलाई मारिदिएको कुरा चाहिं महान विजय भएको बताउनुभएको छ।
श्री गिलानीले पाकिस्तानको भूमिको प्रयोग गरी कुनै मुलुकमाथि आतंककारी कार्य गर्न खोज्ने कुनै कुनै व्यक्ति र कुनै संगठनलाई छूट नदिने दावी पनि गर्नुभएको छ। त्यसैले यस पटकको विजय एउटा महान विजय र उपलव्धि हो भन्न सकिन्छ। म यस पटकको गतिविधिको सफलताप्रति शुभकामना व्यक्त गर्न चाहन्छु। पाकिस्तान यस पटकको संयुक्त गतिविधिमा कति सहभागि भएको थियो भन्ने कुरा सोध्दा मलाई कुनै किसिमको वेलिविस्तारको कुराबारे थाहा नभएको भनी उहाँले बताउनुभयो।
पाकिस्तानी विदेश मन्त्रालयको व्यक्तव्यमा भनिएअनुसार अमेरिकाबाट गरिएको यस पटकको आक्रमणमा परी बिन लादेनको छोरा र अरु तीन जना व्यक्ति पनि मारिएका छन्।