काठमाडौ – तीनकुनेदेखि सुर्यविनायक सम्मको छ लेन सडकको मंगलबार औपचारिक रुपमा उद्घाटन भएको छ। करिब ३० महिना लगाएर निर्माण सम्पन्न भएको यो सडकको उद्घाटन नेपालका लागि जापानी राजदूत ट्याटस्यो मिजुनो र प्रधानमन्त्री झलनाथ खनालले संयुक्त रुपमा गरेका छन्।
उद्घाटनको अवसरमा बोल्दै नेपालका लागि जापानी राजदूत मिजुनोले यो सडकले नेपाल र जापानको मित्रतालाई अझै प्रगाढ बनाएको बताए। कार्यक्रममा भोतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री तोप बहादुर रायमाझी, भौतिक योजना तथा निर्माण मन्त्रायलका सचिव पूर्ण कडेरिया, सडक विभागका महानिर्देशक हरिओम श्रीवास्तव लगायतको उपस्थिति थियो।