बान कि मुनद्बारा प्यालेष्टाइनका विभिन्न पार्टीबीच शान्तिपूर्ण प्रक्रियाका लागि गरिँदै आएको प्रयासको समर्थन

संयुक्त राष्ट्र संघका महासचिवका निजी प्रवक्ता मार्टिन नेसिर्कीले संयुक्त राष्ट्र संघका महासचिव बाक कि मुनले प्यालेष्टाइनका विभिन्न पार्टीबीचका मतभेद हटाउन प्रयास गर्दै आएकोमा समर्थन गर्दै त्यहाँका सबै पार्टी वा समुदायलाई प्यालेष्टाइन तथा इजरेलबीचको समस्याको समाधान गर्ने सम्बन्धमा वचनवद्धता व्यक्त गरिसकेका सिद्धान्तहरुको पालना गर्न पनि आव्हान गर्नुभएको छ।

           श्री नेसिर्कीले सोही दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मध्यपूर्व समस्यामा चार पक्षको अडानसम्बन्धी प्रारुप, प्यालेष्टिनी मुक्ति संगठनको वचनवद्धता र”अरबीयन शान्तिपूर्ण प्रस्ताव”बीचमा एकीकरण भएर प्यालेष्टाइन तथा इजलेरबीचको समस्याको समाधान गर्ने सम्बन्धमा वचनवद्धता हासिल गरिएका विभिन्न सिद्धान्तहरुको पालना गर्न श्री बान कि मुनले प्यालेष्टाइनका सबै पार्टी र समुदायहरुलाई आव्हान गर्नुभएको कुरा पनि बताउनुभयो।