सैनिक कार्वाहीको अन्त्य गद्धाफीको हातमाः नेटो

नेटोले लिबियामा गरेको सैनिक कार्वाहि कहिले बन्द गर्नु भन्ने कुरा लिबियाका नेता गद्धाफीले निश्चित गर्ने कुरा नेटोको सैनिक समितिका अध्यक्ष गीआम्पाउलो पाउलाले हिजो व्यक्त गर्नुभयो। गद्धाफीले नेटोबाट तोकिएको शर्त पूरा गरेपछि सैनिक कार्वाही बन्द गरिने दाबी गरिएको छ।

        उहाँका अनुसार, नेटोका अट्ठाइस वटा सदस्य मुलुकले लिबियामाथि सैनिक कार्वाही गर्दै जाने जनाइएको छ।

        अध्यक्ष पाउलाले भन्नुभएको शर्त नेटोको सैनिक कावाहीबाट पूरा गर्ने तीनवटा लक्ष्य हुन्। तीमध्ये सर्वसाधारण तथा सर्वसाधारण बसोबास क्षेत्रलाई लक्षित प्रहार बन्द गर्नु, सर्वसाधारणलाई धम्की दिने सेना अखडा फिर्ता लिनु र लिबिया सरकारले सर्वसाधारणलाई चौतर्फी मानवीय सहयोग प्रदान गर्नु रहेका छन्।

         हालसम्म अमेरिका, बेलायत तथा फ्रान्सलगायतका नेटोका सदस्य मुलुकले गद्धाफी सत्ताबाट हट्नुपर्ने पनि स्पष्ट पारिसकेका छन्।