– प्रेमनारायण आचार्य
अर्घाखाँची २४ बैसाख । अर्घाखाँचीमा बिगत एक हप्ता देखि बिद्युतसेवा अबरुद्ध भएपनि बिद्युत प्राधीकरण मौन बसेको भन्दै जिल्लावासीहरु आक्रोसित भएका छन् ।
एक हप्ता देखि बिद्युत आपुर्ती बन्द भएपछि सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । बागी खोलादेखि पम्पींग प्रबिधिबाट सन्धिखर्कमा पानी तानेर खानेपानी बितरण गर्दै आएकोमा बिद्युत आपुर्ती बन्द हुदा खानेपानीको हाहाकार भएको हो ।
त्यस्तै बिद्युत सेवा अबरुद्ध हुँदा अर्घाखाँची संचार सम्पर्कबिहीन भएको छ । नमस्ते स्काई सि डी एम ए लगायतका फोन सेवा अबरुद्ध भएका छन् ।
हप्तौ सम्म बिद्युत आपुर्ती बन्द हुँदा समेत बिद्युत प्राधीकरणका कर्मचारीले वास्ता नगरेको जिल्लाबासीको गुनासो छ । राजनिति र ठेक्का पटामा कर्मचारी लागेको कारण बिद्युत कँहाबाट अबरुद्ध भएको भन्ने थाहा हुन सकेको छैन् ।