अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तका प्रमुखको कार्यालय भवनमा अज्ञात समूहले आज आक्रमण गरेको छ। यो समाचार प्राप्त हुँदासम्म आक्रमण जारी रहेकाले घटनाको क्षतिका बारेमा स्पष्ट जानकारी बाहिर आएको नभए पनि २ जना तालीवान आक्रमणबादी मारिएको छन।
एक स्थानीय अधिकारका अनुसार गभर्नरको कार्यालय भवनको पछाडीबाट गोली हानिएको आवाज आएको थियो । गोलीको आवाजबाहेक विस्फोटनका ठूलो आवाज कम्तिमा दुईपटक सुनिएको थियो । अहिले स्थानीय सुरक्षाकर्मीले त्यहाँको सडक बन्द गरिसकेको समाचारमा जनाइएको छ ।