– भिम बहादुर बस्नेत
अर्घाखाँची, नेपाल
————————————————-
आशै आशमा बित्यो जुनी ,जनता भो बेरोजगार
कानमा तेल राखी बस्छ , हुतिहारा यो सरकार
जनतालाई सधैं ढाँटी , कती गर्छौ झुठा खेती
तिमी नै चढ चिल्ला कार,जती सक्छौ गर भस्ट्रचार
फेरी आउँछ आउँदैन ,तिम्रो पालो मौका यहिं हो
काठमाडौंमा जोड घर ,छलेर कर वा भन्सार
जनतालाई दु:ख सास्ती ,नेतालाई मोज मस्ती
दुनियाँलाई टाढै छोड ,बनाउ तिमी नै दरबार
कहिले सम्म चुप लाग्नु ,जनता सधैं मारमा परी
पर्ख हामीले बुझेका छौ,तिम्रो जाल झेल खबरदार
फुलको थुँगा दिउँ भने ,कस्ले गर्यो र महान काम
नपरोस है तिमीलाई ,जुत्ताको माला दिन उपहार
१९ बैशाख २०६८