अवैध काठ कटान गरेको आरोपमा पक्राउ परेका एक जनालाई वनले हिरासतमा चरम यातना

रौतहट – अवैध काठ कटान गरेको आरोपमा पक्राउ परेका एक जनालाई वनले हिरासतमा चरम यातना दिएको छ । वनका कर्मचारीको कुटाईबाट घाईतेको आईतबार आकस्मिक सेवामा उपचार गराइएको छ । पिडीतका आफन्तले कुटपिटमा सलग्न वन कर्मचारीलाई कारबाहीको माग गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुर गाविस-१ टेकान टोलका ४५ बर्षीय रामबहादुर कुश्वाहलाई सहायक वन अधिकृत नगेन्द्र सिंहको टोलीले दुई दिन अघि गैडाटारको जङ्गल बाहिर पक्राउ गरी वन ऐन अन्तरगत मु्दा चलाएको थियो ।

कुश्वाहलाई १४ क्यूफिट काठ चोरी गरेको अभियोगको मुद्दा दर्ता गरेको सिंहले जानकारी दिए । पक्राउ पछि हिरासतमा सिंहको निर्देशनमा चरम यातना दिइएको माओबादीका स्थानीय नेता काजीमान माझीले जानकारी दिए ।

वन कर्मचारीको कुटपिटबाट घाईते कुश्वाहलाई चन्द्रनिगाहपुरस्थित आकस्मिक सेवा केन्द्रमा उपचार गराइएको छ । पिडीतका आफन्तले उनलाई राजधानी उपचार गराउन माग गरेको छ । पछाडीको नशामा चोट लागेकाले राम्रो ठाउमा उपचार गर्न उनीहरुले माग गरेका हुन् ।

घट्ना पछि कुश्वाहको आफन्तले वन कार्यालयस्थित सशस्त्र वन रक्षकको कार्यालय गई कुटपिटमा सलग्नलाई कारबाहीको माग गरेको छ । हिरासतमा कुटपिट भएकोप्रति सिंहले गल्ती स्वीकारेका छन् । आकस्मिक सेवा केन्द्रका हेल्थ असिसटेन्ट अभय ठाकुरले बाहिर उपचारको लागि लैजानु भन्दै घाईतेलाई रेफर गरेका छन । वन कार्यालयमा एमलको भात्रृ सगठन युबा संघ रौतहटका प्रतिनिधि समेत पुगेका थिए । युबा संघ नारायणीका प्रतिनिधि रोशन काफ्लेले हिरासतमा चरम यातना दिने सिंहलाई कारबाही हुनु पर्ने बताए ।