एशियाली र युरोपेली विशेषज्ञहरुद्बारा विश्व अन्न सुरक्षा विषयबारे छलफल

एशिया र युरोप सम्मेलन अन्तर्गत अन्न सुरक्षा विषय सम्बन्धी उच्च स्तरीय सम्मेलन नौ तारिखका दिन उत्तर थाईल्याण्डको चियाङ्ग मै शहरमा उद्घाटन भएको छ।

    एशिया र युरोपका बीसभन्दा बढी मुलुकहरु र अन्तर्राष्ट्रिय सँगठनहरुका प्रतिनिधिहरु उक्त सम्मेलनमा सहभागी हुनुका साथै हालको विश्व अन्न सुरक्षाको परिस्थिति र भविष्यको सहयोगबारे अनुसन्धान र छलफल गर्नुभएको छ।

    विश्व परिस्थितीमा परिवर्तन हुनुका साथै अन्न सुरक्षाको सामु जन सँख्या ठूलो मात्रामा बृद्बि भएको , स्रोत साधन कम भएको , मौसम परिवर्तन भएको , तेलको मुल्य बृद्बि भएको आदि चुनौतीहरु देखा परेका छन।

    थाईल्याण्डको कृषि तथा सहयोग मन्त्रीले सम्मेलनको उदघाटन समारोहमा उक्त कुरा बताउनुभएको हो।