इजिप्टको राजधानी कायरोमा साम्प्रादायिक हिंसाका कारण एक दर्जन मानिसहरुको मृत्यु भएपछि त्यहाँको सैनिक सरकारले सुरक्षाको लागि खतरा रहेका ब्यक्ति वा समुहमाथि कडा कारवाही गरिने प्रतिबद्धता जनाएको छ।
सरकारले विषेशगरी धार्मिक हिंसामा अराजकता मच्चाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुने जनाएको छ।
कायरोको इमबाबा उपनगरिय क्षेत्रमा इसाइ र मुस्लिम समुदायविच शनिवार भएको भिडन्तमा १२ जना मारिएका थिए भने दर्जनौं घाइते भएका थिए। अहिले कायरोको स्थिति सेनाको नियन्त्रणमा छ।