लिवियाका शासक गद्याफीको निवासलाई लक्षित गरी नेटो सेनाद्धारा दर्जनौ क्षेप्यास्त्र आक्रमण, बालबालिका हेर्ने उच्च आयोगको भवन ध्वस्त

लिवियाको राजधानी टि्रपोलीमा कर्णेल मोअम्मर गद्याफी बस्ने बासस्थानलाई लक्षित गरी नेटो सेनाले दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको छ।

 

नेटो सेनाका लडाकू विमानले तीन घ48टाको अवधीमा राजधानी टि्रपोलीमा आठ वटा भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। टि्रपोलीमा भिषण बमबारी र विस्फोट आवाज सुनिएको प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यसैगरी नेटो सेनाले गुप्तचर निकायको भवनलाई पनि लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको खबरमा उल्लेख छ।

 

सोमबार राति लिवियाली टेलिभिजन नजिक दुइ वटा बम विस्फोट भएको बताइएको छ। विस्फोट हुने समयमा आकासमा नेटो सेनाका जेट विमान उडेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। लिवियाली अधिकारीहरुले मंगलबार भवनमा गराइएको विस्फोटका कारण उछिट्टिइएका काँचका टुक्राले चार जना बालबालिका घाइते भएको जनाएका छन्। घाइते मध्ये दुइको अवस्था गम्भिर रहेको छ। नेटो सेनाका जेट विमानले गरेको क्षेप्यास्त्र आक्रमणमा बालबालिका सम्बन्धी उच्च आयोगको भवन पुर्णरुपमा ध्वस्त भएको छ।

 

सो भवन गत अप्रिल तीसमा नेटो सेनाको हवाइ आक्रमणको निशानामा परेको थियो।