बन कटान गर्ने जेल चलान

– प्रेमनारायण आचार्य

  

अर्घाखाँची २८ वैशाख । अर्घाखाँचीमा सामुदायीक बनको बन क्षेत्र भित्र अनियमित कटान गर्ने र बन क्षेत्र अतिक्रमणमा समेत अभियुक्त रहेकाले एक जना कारागार चलान भएका छन् । 

 

जिल्लाको सिमलपानी गाविस वाड न. १ बस्ने हुमबहादुर पल्लीलाई सामुदायीक बनको बन क्षेत्र भित्र अनियमित कटान गर्ने र बन क्षेत्र अतिक्रमणमा समेत अभियुक्त रहेको अभियोगमा  एक जना कारागार चलान भएका हुन् । 

 

त्यस्तै अर्घाखाँचीको नुवाकोट गाविसबाट आज अबैध रुपमा काठ काटी लुकाई छिपाई निकासी गर्न लागेको अबस्थामा  काठ सहित  तीन जना पक्राउ परेका छन्  । 

 

नुवाकोट गाविसको सालीनधारावाट २७ क्युफिट काठ र नुवाकोट गाविस वाड नं ९ निवासी प्रेम बहादुर सारु हेमबहादुर घर्ती र गम्भीरबहादुर राना  पक्राउ परेका हुन् । 

 

उनीहरुको बारेमा छानबिन भैरहेको जिल्ला बन कार्यलयका कार्यलय प्रमुख सुरेस सिंहले बताएका छन् ।

 

(To contact the reporter on this story: Prem Narayan Acharya in Arghakhanchi at premnarayanacharya@radiodeurali.com)

 

अन्य समाचारहरु