– राजेन्द्र न्यौपाने
गोरखा २७ बैशाख । आधुनिकतासंगै परम्परागत पोसाक हराउँदै जानथालेको भन्दै मुस्ताङका महिलाहरु पछिल्लो समय आफ्नो पुख्र्यौली पोशाकको संरक्षणमा लागेका छन् ।
मुस्ताङको लेते गाविसका स्थानीय महिलाहरु आफ्नो पुख्र्यौली पोशाक लोपहुने चिन्ताले हिजोआज हरेक समय सोहि पोशाकमा सजिएर हिडनेगरेको पाइन्छ ।
महीलाहरुले गरगहना तथा पोशाकमा कण्ठी चोलो हम्बेल प्रुम जामा नोकोन टेकी फेकी टुटुङ लगायत लगाउनेगरेका छन् ।
विगतका केहिवर्ष पहिला यस्ता पोशाकहरु ल्ोपहुनेगरेको बताउँदै स्थानीय शान्ती थकालीले पछिल्लो समय आफ्नो जातीको पहिचान कायम राख्नकै लागि हरेक चाडपर्व मेलाजात्रा लगायतमा युवायुवतीहरुले लगाउनेगरेको बताउनसभयो ।
जातीअनुसारको भेषभुषा संरक्षणका लागि स्थानीयस्तरमै शमुह क्लव लगायतका युवायुवतीहरु ख्ाटिएर लाग्नुपर्ने यहाँका महिलाहरुको भनाई रहेको छ । रासस