चन्द्र मुखी मुहर त्यो, झनै मिठो तिम्रो बोली
नजरैको तिर बनी, हान्यौ छाती भित्र गोली
कती राम्रो जिउ डाल ,मयुरको झै छ चाल
लाली ओठले हाँसी देउ, एक फेर दिलै खोली
गाजलु ति नयनमा, सधैं हेरी रहुन लाग्छ
कालो लामो केश राशी ,झनै रामो बुट्टे चोली
धरतिकी छोरी हौ कि ,स्वर्गकी परी कती राम्री
मन पर्यो मलाई तिमी ,मायाले भरी देउ झोली
म सँग कुनै शब्द छैन, तिम्रो बारे बणन गर्ने
मन पराए तिमीलाई ,माग्न आउँछु घर भोली
२९ बैशाख २०६८