भारतीय प्रधान मन्त्री मनमोहन सिंहद्वारा अफगानिस्तानको औपचारिक भ्रमण

भारतीय प्रधान मन्त्री मनमोहन सिंह बिहीबार अफगानिस्तानको दुई दिने औपचारिक भ्रमण गर्न त्यस तर्फ जाने भएको छ ।

    सो भ्रमणबाट दुई देशबीचको पारम्पारिक सम्बन्धमा नयाँ आयाम थप्ने जनाइएको छ ।

    भारतीय परराष्ट्र मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तीमा शान्ति स्थीरता तथा पुन निर्माणमा लागेको अफगानिस्तानलाई सबै राष्ट्रको सहयोग चाहिने जनाइएको छ ।

    हाल भारतले अल कायदाका प्रमुख ओसामा बिन लाडेनको मृत्युपछि अफगानिस्तानसम्बन्धमा सुरक्षास्थिति बलियो बनाएको छ । अफगानिस्तानस्थित भारतको दूतावासमा पनि केही वर्षअघि आतङ्ककारी हमला भएको थियो ।

    थाहा भए अनुसार भारतीय प्रधान मन्त्री सिंहको सन् दुई हजार पाँचपछि अफगानिस्तानको पहिलो भ्रमण हो ।