बारामा उच्च माध्यमिकद्वारा सञ्चालित कक्षा १२ को परिक्षामा ३६ जनाको परिक्षा रद्द

बारा – उच्च माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित कक्षा १२ को परिक्षा २०६८ अन्तरगत बिहीबार बारामा ३६ जना परिक्षर्थीको परिक्षा रद्द भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट खटी आएको टोलीले निजगढमा रहेको दुई वटा परीक्षा केन्द्रबाट २६ जना र कलैया स्थित दुई वटा परीक्षा केन्द्रबाट १० जना गरी ३६ जनाको परीक्षा रद्द गरेको बाराका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।

उक्त परीक्षार्थीहरुले परिक्षालाई अमर्यादित बनाउँदै चिट चोरी गरिरहेको अवस्थामा पक्राउ परेकोले उनीहरुको एक विषयको परीक्षा रद गरिएको उच्च मावि शिक्षा परिषदका प्रतिनिधि सुनिल चौरसियाले बताए ।