यो महिनाको अन्त्यसम्म लिवियाका शासक गद्दाफीलाई अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पूर्जी जारी गर्ने इटलीका विदेश मन्त्रीको भनाइ

अन्तर्राष्ट्रिय अपराध अदालत आइसीसीले लिवियाली शासक मोअम्मर गद्याफीलाई यो महिनाको अन्त्यसम्ममा पक्राउ पुर्जी जारी गर्न सक्ने सम्भावना रहेको जानकारी इटाली विदेशी मन्त्री फ्रान्को फ्राटिनीले दिएका छन्। गद्याफी विरुद्ध जारी हुने पक्राउ पुर्जी गद्याफी विरुद्ध शसस्त्र युद्धरत विद्रोहीहरुका लागि महत्वपुर्ण क्षण हुने भनाइ पनि फ्राटिनीको छ। उनले आइसीसीको पक्राउ पुर्जीले गद्याफीलाई निर्वासन र अन्य राष्ट्रमा भाग्न असम्भव हुने बताए।

 

यद्यपी आइसीसीको अभियोक्ताको कार्यलयका प्रवत्ता लुइस ओकाम्पोले इटाली विदेशमन्त्रीको अभिव्यक्ति आर्श्चयजनक भएको प्रतिक्रिया दिएका छन्। उनले गद्याफीलाई पक्राउ पुर्जी जारी गर्न गत मे चारमा आइसीसीमा अनुरोध सहितको प्रतिवेदन प्रस्तुत गरिएको भए पनि सो विषय अदालतमा विचाराधिन रहेको बताइन्।

 

गत फ्रेबुअरी छब्बिसमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले गद्याफी विरुद्ध भइरहेको आन्दोलनमा भएको मानवता विरोधी अपराधको छानबीन गर्न आइसीसीसँग अनुरोध गरेको थियो। लिवियाली विद्रोही नेताहरुले अमेरिका र बेलायत भ्रमण गरिरहेको समयमा गद्याफी विरुद्ध आइसीसीले पक्राउ पुर्जी गर्ने सक्ने सम्भावना बढेको हो। यसैबीच विदोहीहरुको सर्वोच्च परिषद् अर्थात छाया सरकारका प्रमूख मुस्ताफा अब्देल जलिल नेतृत्वको एक टोलीले बिहीवार बेलायती प्रधानमन्त्री डेविड क्यामरुन लगायत उच्च पदस्थ बेलायती अधिकारीसँग भेटघाट गरेकोे छ। सो टोलीले बेन्घाजीमा ल48डनको कार्यलय स्थापना गर्ने तथा सहयोगका विषयमा पनि छलफल गरेको  छ।

 

 त्यसैगरी विद्रोहीहरुको प्रतिनिधीम48डलको अर्को टोलीले आज अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउस र वाशिङ्टन डिसीको भ्रमण गर्ने तय गरेको छ। महमुद जिब्रील नेतृत्वको लिवियाको विद्रोही टोलीले अमेरिकी राष्ट्रपति बाराक ओबाम प्रशासनका उच्च स्तरका अधिकारी र कंगे्रस अधिकारी नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।