सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क हल लाइन स्थित घरको छ्तबाट खसेर एक बालक गम्भिर घाइते भएका छन।
वाङ्ला गाबिस वार्ड नम्बर १ स्थाई घर भई हाल सन्धिखर्क स्थित हल लाइनमा घर डेरा गरी बस्दै आएका कमल प्रसाद बन्जाडेका ६ वर्षिय छोरा सम्राट बन्जाडे आफु बस्ने घरको छ्तबाट खसेका थिए। घाइते बालकलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको छ।