नेटोका युद्धक विमानहरुले हिजो रातिदेखि आज विहान सबेरैसम्म लिबियाको राजधानी ट्रिपोली र त्यसजिकै केही सैन्य तथा नागरिक क्षेत्रमाथि निरन्तर रुपमा हवाइ आक्रमण गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार, कूल चारवटा क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेका छन्। पूर्वी शहर ब्रैकामा पर्ने एउटा होटेल हवाइ आक्रमणमा परेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै अरु करीब पचास जना घाइते भएका लिबियाका सञ्चारमाध्यमले जनाएका छन्।
तर उता नेटोका अधिकारीले भने उक्त कुरा थाहा नभएको बताएका छन्। साथै नेटोले लिबियाका नेता गदाफीमाथि लक्षित हवाइ आक्रमण गर्ने कुरा फेरि एकपटक अस्वीकार गरेको छ।
हिजो राती लिबिया टेलिभिजनले श्री गदाफीको भाषणको रेकर्ड प्रसारण गरी केही सञ्चार माध्यमद्बारा जनाइएको हवाइ आक्रमणमा परी गदाफी घाइते भएको कुरा अस्वीकार गरेको छ।