फुकुशिमा दाइची आणविक उर्जा स्टेशनको एक नम्बर जेनेरेटर समूहको रियाक्टर राखिने भवनको भूइँतलामा चार मिटर भन्दा बढी गहिरो पानी भेटिएको हिजो टोकियो विद्युत कम्पनीले जनाएको छ। यसबाट आणविक विकिरणको चुहावट जोगाइरहेका विविध काममाथि नकारात्मक प्रभाव पारिने अनुमान गरिएको छ।
टोकियो विद्युत कम्पनीले एक नम्बर जेनेरेटर समूहमा पानी हालेपछि सुरक्षित भागमा पानीको तह माथि नगएको अनुमान गरिएको अवस्थासँग विपरित भएको जनाएको छ। कम्पनीका दुइ कर्मचारीले रियाक्टर राखिने भवनमा प्रवेश गरेपछि प्रशस्त पानी भेटेका थिए। भेटिएको पानी सुरक्षित भागबाट चुहेको हुन सक्ने टोकियो विद्युत कम्पनीले जनाएको छ।
पानी बग्ने दिशाबाट हेर्दा उच्च आणविक विकिरण कारक तत्व रहने सम्भावना रहेको पनि टोकियो विद्युत कम्पनीले जनाएको छ।