डडेलधुरा – प्रहरीले बुहारीलाई फकाएर भारतमा लगि बिक्री गरेको अभियोगमा एक ब्यक्तीलाई पक्राउ गरि मानव बेचबिखन अपराध ऐन अनुसार कारवाही प्रकृया अघि बढाएको छ ।
डडेल्धुरा भित्रीमधेस जोगबुडा गाविस- ४ काजीगडा बस्ने गोपाल धामीलाई प्रहरीले हिरासतमा राखेर कारवाही अघि बढाएको हो । अभियुक्त धामीले आफ्नै बुहारी नाता पर्ने जोगबुडा-४ कााजीगडाकी देवादेवी धामीलाई भारतमा लगी बेचेको पीडित महिलाका आफन्तहरुको आरोप छ ।
आफन्तजनहरुका अनुसार गत चैत २० गतेबाट देवा घरबाटै एकाएक बेपत्ता भएपछि खोजबिनका क्रममा उनलाई बैशाख १८ गते भारतको लुहाघाटमा एक नेपाली ब्यापरीसंग बेचेको अबस्था भेटेका थिए । बेचिएकी देवाका घरपरिवारले उनलाई बेचिएको थाहा पाएपछि कानूनी कारवाही शुरु गरेका हुन् । भारतमा लगेर बेचेपछि फरार रहेका अभियुक्त धामीलाई ससुरालीबाट समातेर गााउलेले प्रहरीलाई बुझाएका थिए ।
जोगबुडाको सिमा चौकी तातोपानीबाट आइतबार जिल्ला प्रहरी कार्यालयमा झिकाई अभियुक्त धामी बिरुद्ध मानव बेचविखन अवराध ऐन अनुसार कारवाही प्रकृया थालिएको जिल्ला प्रंहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी अर्जुन चन्दले बताए ।