अमेरिकी राज्य सचिब हिलारी क्लिन्टनले पाकिस्तानको भ्रमण गर्ने योजना गर्नुभएको छ। हाल अमेरिका तथा पाकिस्तान दुबै पक्ष उक्त भ्रमणको गृहकार्यमा व्यस्त छन्।उक्त कुराको पुष्टि गत सोमबार अमेरिकी प्रवक्ता मार्क टोनरले बताएका हुन्।
श्री टोनरले सम्वाददातालाई भन्नुभयो- श्रीमती हिलारी क्लिन्टनको उक्त भ्रमणका अवशरमा अमेरिका तथा पाकिस्तानबीच गहिराइमा पुगेर छलफल गरिनेछ।साथै छलफलमा दुई देशबीचको रणनैतिक सम्बन्ध, आपसी सहयोग र समसामयिक विषयबारे अमेरिकी नीति पाकिस्तानसमक्ष स्पष्ट पारिने छ।