विभिन्न देशका राजदूतहरूद्वारा यमन द्वन्द्वको शान्तिपूर्ण समाधानमा जोड

यमनका लागि चीन, रुस, फ्रान्स तथा भारतका राजदूतहरूले यमन द्वन्द्वको शान्तिपूर्ण समाधानमा एकमतले जोड दिनुभएको छ।गत सोमबार ती विभिन्न देशका राजदूतहरूले यमनको विवाद समाधानका लागि खाडी सहयोग परिषदलाई आफ्नो पूर्ण सहयोग र समर्थन रहेको छ भन्दै यमनको द्वन्द्व शान्तिपूर्ण रुपमा नै अवतरण हुनपर्ने बताउनुभयो।

                    ति चारै देशका राजदूतहरूले यमनको राजधानी सानामा यमनी परिषदका अध्यक्ष अब्दुल अजिजसँगको बैठकमा आफ्नो देशले यमन समस्याको शान्तिपूर्ण निकास, यमनी एकता र स्थिरताका लागि पूर्ण समर्थन गर्ने बताउनुभयो।