लिबियाको भिडन्तका दुवै पक्षबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ। रणनैतिक नियन्त्रण गर्नका लागि सरकारी सैनिकले वाजिन भन्सारको नजिकै रहेका सरकारविरोधी सैनिकमाथि तोप प्रहार गरेका छन्।
यसका साथै नेटो सैनिकका अनुसार, हालै नेटोले लिबियाका सरकारी सैनिकमाथि मानसिक युद्ध सवल पारेको छ।
हिजै रुसी विदेश मन्त्रीले रुसले लिबिया सरकार र सरकारविरोधी पक्षबीच मध्यस्थता नहुने बताउनुभयो। तर उहाँले रुसले विभिन्न पक्षले युद्ध विरामलाई साकार तुल्याउन घचघच्याउने कुरा बताउनुभयो।
लिबियाका नेता मोम्मार गाद्दाफीका विशेष दूतले लिबिया सरकारले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको निर्णय-प्रस्तावलाई पूर्ण पालना गर्ने बताउनुभयो।