बङ्गलादेशले जापानसँग निकै ठूलो ऋण-सम्झौतामा हस्ताक्षर

बङ्गलादेशले गत बुधबार जापानसँग निकै ठूलो ऋण-सम्झौतामा हस्ताक्षर गरेको गरेको छ। उक्त ऋणमा संलग्न रकम 67 करोड अमेरिकी डलर रहेको छ। जापानबाट प्राप्त हुने उक्त ऋण रकम प्रयोग गरेर मूल रुपमा तीनवटा परियोजना सम्पन्न गरिने भएको छ। यसमा सबैभन्दा ठूलो परियोजना भनेको पद्मा बहुउद्धेश्यीय पुल पनि रहेको छ।

                    जापान तथा बंगलादेशको करिब 40 वर्षको दुईपक्षीय सहयोगको इतिहासमा यो सबैभन्दा ठूलो रकमको सम्झौता हो।तर परियोजनाहरू सम्पन्न हुनका लागि के कति रकम आवश्यक छ भन्ने कुरा चाहि बताइएको छैन।