बीस मुलुक समूहको सँसदका प्रमुखहरुको सम्मेलन सोलमा शुरु

बीस मुलुक समूहको सँसदका प्रमुखहरुको सम्मेलन आज 19 तरिखका दिन सोलमा शरु भएको छ। सहभागीहरुले अन्तर्राष्ट्रिय समाजको साझा सुरक्षा र सामान्य विकास आदि विषयहरुबारे छलफल गर्नुहुने छ।

 

गणतन्त्र कोरिया काँग्रेसका सभामुख पार्क ही टाइले उद्घाटन समारोहमा बधाइ- सन्देशसँगै हाल अन्तर्राष्ट्रिय समाजका सामु आणविक विद्युत स्टेशन सम्बन्धी दुर्घटना, समस्त पृथ्विको प्राकृतिक प्रकोप, गरीब र आतंकबादी आदिका त्रासधम्की देखा परिरहेको बताउनु भयो ।

 

साथै उहाँले संकटहरुको सामना गर्नका लागि बीस मुलुक समूह सरकारहरु र संसदहरुले घनिष्ट रुपमा सहयोग गर्नुपर्ने र सहयोगमार्फत बीस मुलुक समूहको शिखर सम्मेलनबाट प्राप्त भएका उपलब्धीहरुलाई लागू गर्दै अन्तर्राष्ट्रिय समाजका लागि व्यवहारिक परिवर्तन ल्याएर मानव जातिको संयुक्त सुरक्षा ,समृद्धि र मेलमिलापयुक्त विकासको बाटोमा पहिल्याउन सकोस् भनेर पनि कामना गर्नु भयो ।