जापानको आणविक विद्युत प्रणालीमा सुधार गर्नुपर्नेः नाउतो कान

जापानका प्रधानमन्त्री नाउतो कानले हिजो राति जापानको आणविक विद्युत प्रणालीमा सुधार गर्नुपर्ने, विशेषगरी निगरानी तथा व्यवस्थापन संस्था अर्थात् आणविक तथा औद्योगिक सुरक्षा संस्थालाई आणविक विद्युत विकासको व्यापारिक विभागबाट अलगाउनुपर्ने कुरा व्यक्त गर्नुभएको छ।

                 मार्च महिनाको एघार तारिख विनाशकारी भूकम्प तथा सुनामी प्रकोप गएपछि प्रधानमन्त्रीले आणविक निगरानी तथा व्यवस्थापनलाई लक्षित गरी गरेको सबभन्दा गम्भीर भनाइ यो नैं हो। यसका साथै प्रधानमन्त्री नाउतो कानले जापान आन्तरिक आणविक ऊर्जा केन्द्रको सुरक्षाबारेको गम्भीर जाँझबुझ भइरहेको कुरा पनि बताउनुभएको छ। असुरक्षा नहुने निश्चित भए आणविक ऊर्जा केन्द्रको संचालनलाई अनुमोदन गरिनेछ।