– प्रेमनारायण आचार्य
अर्घाखाँची ७ जेठ । बढ्दो गर्मि संगै जिल्ला अस्पताल सन्धिखर्कमा बिरामीको सख्यामा ह्वातै बृद्धि भएको छ ।
दैनिक २० देखि ४० बिरामी उपचारको लागि आउने अस्पतालमा हाल दैनिक ५५ देखि ७५ बिरामी उपचारको लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीले बताएको छ ।
१५ शैयाको अस्पतालमा हाल ३५ शैया राखेर उपचार गरिरहेको छ । कहिले बिरामीको चाप बढेकाले गल्लि र भुईमा राखेर समेत उपचार गरेको अस्पताल स्रोतले बताएको छ ।
अहिले खास गरेर झाडा पखाला आउ छाला सम्बन्धि रोग लगायतका विरामी उपचारको लागि आउने गरेका छन् ।