– प्रेमनारायण आचार्य
यूएई डेस्क – अर्घाखाँचीमा बढ्दो गर्मि संगै जिल्ला अस्पताल सन्धिखर्कमा बिरामीको सख्यामा ह्वातै बृद्धि भएको छ।
दैनिक २० देखि ४० बिरामी उपचारको लागि आउने अस्पतालमा हाल दैनिक ५५ देखि ७५ बिरामी उपचारको लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीले बताएको छ ।
१५ शैयाको अस्पतालमा हाल ३५ शैया राखेर उपचार गरिरहेको छ । कहिले बिरामीको चाप बढेकाले गल्लि र भुईमा राखेर समेत उपचार गरेको अस्पताल स्रोतले बताएको छ ।
अहिले खास गरेर झाडा पखाला, आउ, छाला सम्बन्धि रोग लगायतका विरामी उपचारको लागि आउने गरेका छन्।