इजरायल देखि मेक्सीको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा प्रकाउ पर्नेमा एक अर्घाखाँचीबासी महिला पनि


 

– उमेश घिमिरे

 

सैन फ्रांसिस्को, कैलिफोर्निया ।  गैरकानूनी रुपमा मानव ओसारपसार गरि अमेरिका प्रवेश गराउन खोज्ने २ वटा ट्रकलाई मेक्सिको प्रहरीले गत मे १८ गतेको दिन नियन्त्रणमा लिएको थियो।

 

नियन्त्रणमा लिइएका ट्रकमा अमेरिका प्रवेश गर्न खोज्नेमा १ अर्घाखाँचीबासी महिला लगायत ६ जना नेपाली नागरिकहरु समेत भएको त्यहाँका स्थानिय समाचार माध्यमहरुले जनाएका छन। ति अर्घाखाँचीबासी महिलाको नेपालको अर्घाखाँची घर भएको भनेर उल्लेख भएपनि पुरा नाम, ठेगाना उल्लेख गरिएको छैन ।

 

ति मध्ये सबै इजरायल देखि मध्य एवम दक्षिण अमेरिका केही देशहरुमा घुमफिर गर्ने बहाना बनाइ नेपाली एवम ति देशका दलाल मार्फत मेक्सीको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा प्रकाउ परेका थिए।

 

साथै संचारमाध्यमहरुले उल्लेख गरे अनुसार इजरायल, टर्की लगायतका कयौ मध्यपुर्वी देशबाट प्रत्येक व्यक्ती ६ हजार देखि १० हजार अमेरिकी डलर सम्म तिरेर मध्य एवम दक्षिण अमेरिकाको छोटो अवधीको भिसा लगाइ अमानविय तरिकाले जोखिम पूर्ण रुपमा मेक्सिकोको बाटो हुँदै अमेरिका पुराउने गरेको देखिन्छ ।

 

यसभन्दा अगाडि पनि सयौ नेपालीहरु यस्तै अवैधरुपमा जोखिम बाटो हुँदै अमेरिका पुगी सकेका छन। ति मध्ये कयौ महिलाहरु रहेको जनाइएको छ।

 

ति मध्ये इजरायल हुँदै त्यहाँ प्रकाउ परेका नेपालीका अनुसार अमेरिका दुताबासले नेपालीहरुलाई प्रवेश भिसा नदिने भएकोले यही माध्यम हुँदै अमेरिका छिर्ने नेपालीहरु बढेको र नेपाली सँग संगै कयौ भारतीय, बाङ्लादेशी नागरिक रहेको बताएका छन।

 

यसरी जोखिमपूर्ण रुपमा अमेरिका छिर्ने क्रममा केही नेपालीहरुको मृत्‍यु समेत हुनुका साथै केही अझै जेल मै रहेको र कसैलाई नेपाल फर्काइएको जनाइएको छ। तर पनि यसरी अबैधानिक रुपमा ज्यानको बाजी लगाएर अमेरिका जान खोज्ने नेपालीहरुको सन्ख्या निरन्तर बढेको छ।

 

उता पछील्लो पटक ५ सय जना भन्दा बढी व्यक्तिलाई गैरकानूनीरुपमा अमेरिका लैजाँदै गरेको २ वटा ट्रकलाई मेक्सीकोस्थित चिपासका सुरक्षा अधिकारीहरुले कब्जामा लिएका थिए ।

 

ट्रक भित्र अमानविय तरिकाले राखेर लैजाँदै गरिएका ती मध्ये ३२ जना महिला तथा ४ जना केटाकेटी रहेको पनि उल्लेख गरिएको छ । उनीहरुले अमेरिका प्रवेशको लागि प्रतिव्यक्ति ७ हजार अमेरिकी डलर तिरेको वताएका छन् ।

 

मानव ओसारपसारमा लागेको आरोपमा ४ जना व्यक्तिलाई पक्राउ गरिएको मेक्सिकोका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । ट्रकभित्र जालीले वेरिएका र सास फेर्नका लागि प्वालसमेत बनाईएका डब्बाभित्र राखेर लैजाँदै गरिएका ती व्यक्तिहरुलाई एक्सरे मेशिनले पत्ता लगाईएको थियो ।

 

यसरी अवैधरुपमा अमेरिका लैजान लागिएकाका व्यक्तिहरुलाई मेक्सिकोका सुरक्षाकर्मीले उद्दार गरेको र ती व्यक्तिहरुलाई खाना, बस्न र अन्य आवश्यक सेवा दिईरहेको वताईएको छ । ती व्यक्तिहरुलाई सम्वन्धित देशमा फर्काउनका लागि आवश्यक व्यवस्था मिलाउन लागेको पनि मेक्सिकोका अधिकारीहरुले जानकारी दिएका छन् । चिपासास्थित चेकपोष्टमा एक्सरे मेशिनले ट्रक जाँच गर्न थालेपछि ड्राइभरहरु भागेका थिए ।

 

Captured: The immigrants are led out of one of the U.S.-bound trucks by Mexican authorities

५ सय जना भन्दा बढी व्यक्तिलाई गैरकानूनीरुपमा अमेरिका लैजाँदै गरेको २ वटा ट्रकलाई मेक्सीकोस्थित चिपासका सुरक्षा अधिकारीहरुले कब्जामा लिदै

 

 

Long journey: It is at least an 18-hour drive from Tuxtla Gutierrez to the U.S. border 

                नक्सामा गैरकानूनीरुपमा अमेरिका लैजाँने बाटो

 


Detained: The immigrants are being held in Tuxtla, Chiapas state, as they receive humanitarian aid

मेक्सीकोस्थित चिपास

 

अन्य समाचारहरु