अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यन्वयन समितिले हिजो एउटा वक्तव्य प्रकाशित गर्दै सो संगठनले यसवर्षको जून महिनाको तीस तारिखका दिन नयाँ प्रमुखको निर्वाचन गर्ने बताएको छ।
सो वक्तव्यमा अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रमुखको निर्वाचनसम्बन्धी प्रक्रिया शुरु गरेको जनाइएको छ। सो वक्तव्यमा अन्तर्राष्ट्रिय मुद्राकोषको प्रमुखको उम्मेदवारलाई मै महिनाको तेईस तारिखका दिनदेखि जून महिनाको दश तारिखका दिनसम्म सिफारिस गरिने छ।
हिजै आर्थिक सहयोग र विकास संगठनका सचिवले अन्तर्राष्ट्रिय मुद्राकोषको प्रमुखको उम्मेदवारको क्षमता र अनुभव धेरै महत्वपूर्ण छ भन्नुभयो।
हिजै अमेरिकी अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोषको नयाँ प्रमुखको निर्वाचनसम्बन्धी विषयमा एउटा वक्तव्य प्रकाशित गर्नुभयो। उहाँले उच्च क्षमतायुक्त नयाँ प्रमुखले नै व्यापक समर्थन पाउने बताउनुभयो।