नेटोको तेल ट्याङ्कर पाकिस्तानमा भएको पहारमा परी सत्र जनाको मृत्यु

नेटोका दश वटा तेल ट्याङ्कर गाडी हिजो रातीदेखि आज बिहानसम्म पाकिस्तानको उत्तर-पश्चिमी भागमा सशस्त्र शक्तिबाट गरिएको बम प्रहारमा परी कम्तीमा सत्र जना मारिएका साथै धेरै घाइते भएको बताइएको छ।

                    हिजो राती पाकिस्तान तथा अफगानीस्तानको सीमामा पर्ने खाइबर क्षेत्रमा नेटोका तेल ट्याङ्कर टोलीलाई सशस्त्र शक्तिले बम बर्षाएको र उक्त बम प्रहारपछि स्थानीय बासिन्दाले तेल संकलन गर्न गएको बेला ट्याङ्कर विस्फोट भएकोले कम्तीमा सत्र जनाको मृत्यु भएको हो।

                    अर्को बम प्रहार सोही क्षेत्रमा अवस्थित टोखाम बस्तीमा भएको हो। सशस्त्र शक्तिले एउटा ट्याङ्करमा आगोसमेत लगाए। उक्त आगोबाट वरिपरि रहेका दश वटा ट्याङ्कर पनि ध्वस्त भएका छन्।

                    हालसम्म कुनै संगठनले ती दुईवटा विस्फोटका घटनाको जिम्मा लिने घोषणा गरेको छैन।