– भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची, नेपाल
——————————————-
हिजो पनि आज पनि, मैले एक नाश देखें
सत्तामा जाने भत्ता खाने, सबै ब्याड मास देखें
कानुन बिन देश चल्छ, गुण्डा राज भए सरि
लुत पाट काटा मार ,लाश माथि लाश देखें
महंगीको मारमा परि, जनता सधैं बाँच्नु पर्ने
घर बारी सबै बेची, रुख मुनी बास देखें
अपहरण हत्या हिंसा दिन दहाडे चल्छ यहाँ
सुरक्षाको आभाश छैन जनतामा त्राश देखें
परिवर्तन केही छैन खाली चल्छ कुर्सिको खेल
कहिले बन्छ संबिधान मैले झिनो आश देखें
मेची उठयो काली जुटयो प्रतिकार गर्नलाई
ठाउँ ठाउँमा थप्पद हान्ने यहाँ जन मास देखें
खबरदार नेताहरु दाँया बाँया गर्यौ भने
तिम्रा काला कर्तुत सबै यहाँ पर्दा फास देखें
०७जेष्ठ २०६८