एशिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकको सन् 2011 मझौला तथा साना व्यवसायका मन्त्री स्तरीय सम्मेलन हिजो अमेरिकाको प्रसिद्ध रिसोर्ट बिग स्काईमा सम्पन्न भएको छ। यस सम्मेलनमा सहभागी प्रतिनिधिहरुले मझौला तथा साना व्यवसायको विकासलाई अघि बढाउन अरु बढी कदम चाल्ने, विशेष गरी वृहत्त बृद्धि भएको क्षेत्रको विकासमा अरु व्यापक रुपमा भाग लिने वचनबद्धता दिनुभएको छ।
सम्मेलनमा प्रकाशित वक्तव्यका अनुसार, मझौला तथा साना व्यवसायलाई वृहत्त बृद्धि भएको क्षेत्रको विकासमा अरु व्यापक रुपमा भाग लिन गराउनका लागि एशिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकले अबदेखि साझा कदम चाल्ने, मझौला तथा साना व्यवसायमा दक्ष व्यक्ति बनाउन तथा प्राबिधिक सुधार गर्न समर्थन गर्ने, अन्तर्राष्ट्रिय बजारमा मझौला तथा साना व्यवसायको संलग्नतालाई अघि बढाउनेछ।