युरोपेली संघका कूटनीति तथा सुरक्षानीतिका उच्च प्रतिनिधिद्बारा लिबियाको बेन्घाजि भ्रमण

लिबियाली सरकार विरुद्ध पक्ष अर्थात सारा देश अन्तरिम समितिका एक प्रतिनिधिले जनाएअनुसार युरोपेली संघका कूटनीति तथा सुरक्षानीतिका उच्च प्रतिनिधि एवम युरोपेली संघ समितिका उपाध्यक्ष क्याथरिन एश्टनले 22 तारिख लिबियाको सारा देश अन्तरिम समितिद्बारा बेन्घाजिमा स्थापित अस्थायी कार्यालयको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

               यसअघि युरोपेली संघले लिबियाको सारा देश अन्तरिम समितिलाई एक बैधानिक वार्ताकर्ताको रुपमा स्वीकार गरेका थियो। यस महिनाको एघार तारिख श्री क्याथरिन एश्टनले सारा देश अन्तरिम समितिले आफ्नो प्रणाली र संस्थाको निर्माण गर्नमा सहयोग गर्नका लागि युरोपेली संघले बेन्घाजिमा कार्यालयको स्थापना गर्ने योजना सम्बन्धमा सम्बोधन गर्नुभएको थियो।

               संयुक्त राष्ट्र संघले लिबियामा शान्ति स्थापना गर्नका लागि लगातार दुइ निर्णय पारित गरेता पनि अधिकाँश मुलुकले गदाफी सरकारलाई मात्र बैधानिक सरकारको रुपमा लिएका छन।