-उमाकान्त पाण्डे गाउंले र उत्तम अधिकारी
यूएई डेस्क-यूएईमा बहुचर्चित साहित्यिक सस्था सर्वदा वाङगमय प्रतिस्ठानले गत शुक्रबारका दिन आबुधाबी स्थी केरेला सोसियल सेन्टरको एक सभा हलमा एक भब्य साहित्यिक कार्यक्रमको आयोजना गरी नेपालका प्रशिद्द साहित्यकार तथा समाजसेवी – शिक्षाविद महानन्द सापकोटाको १ सय १५ औ, युगकवी शिद्दीचरण श्रेष्ठको ९८ औ,एवम ‘जनकवी’ गोकुल जोशीको ८१ औ जन्मजयन्ती एकै साथ मनाइएको छ।
नेपालका प्रथम साहित्यिक शहिद नासु कृष्णलाल अधिकारीको सम्मानर्थ अबको आगामी एक वर्ष तथा सर्वदा यूएई प्रतिस्ठानका साहित्यिक कार्यक्रम हरुमा उनको तस्विरमा माल्यार्पण गरी एक मीनेट मौनधारण गरी उनी प्रती श्रदान्जली अर्पण गरेर मात्र कार्यक्रमको औपचारिक सुरुवात गरिने प्रतिस्ठानका केन्द्रिय अध्यक्ष लक्षमण सापकोटा ‘विकल्प’ले घोषणा गरे।
चर्चित साहित्यकार तथा समाजसेवी शिक्षाविद महानन्द सापकोटाको बैशाख ३० गते,युग कवी शिद्दीचरण श्रेष्ठको जेष्ठ ६ गते,तथा जनकवी गोकुल जोशीको जन्मदिन जेष्ठ ८ गते परेकोले यि साहित्यकार त्रयको जन्मजयन्ती एकै दिन एउटै कार्यक्रममा मनाइएको हो।
निरकुंश जहाँनिय राणाशासनको अत्याचारलाई साहित्यको माध्यम द्वारा उजागर गर्ने क्रममा रामेछापमा जन्मिएका साहित्यकार (पेशाले नासु) रहेका अधिकारीले “मकैको खेती” नामक कृति लेखेकै कारण राणा शाशक हरुले उनलाई मृत्युदन्डको सजाय दिएको बताउदै त्यस्ता ब्यतित्वलाई आजको नयाँ पुस्ताको बिचमा पारीचित गराउदै सम्झनु र चर्चा गर्नु हरेक साहित्यकारहरुको कर्त्यब्य हुने भनाइ सर्वदा वाङगमय यूएई प्रतिस्ठानका अध्यक्ष सापकोटाले ब्यत्त गरे।
कार्यक्रममा बोल्ने अतिथी हरु एवम साहित्यकार हरुले यूएई प्रवासमा नेपाली भाषा,साहित्यको बिकासमा ‘सर्वदा’ यूएईले पुराएको योगदान एवम साहित्यिक अग्रज हरुलाई सम्झने महानकार्यको मुत्तकन्ठले प्रशशां गरेका थिए।
सो जन्मजयन्ती समारोह नेपाली राजदुतावास आबुधाबीका प्रथम सचिव लोक बहादुर पौडेल क्षेत्रीको प्रमुख आतिथ्यता,प्रतीस्ठानका केन्द्रिय सदस्य शालिक राम पन्थको सन्चालन एवम अध्यक्ष लक्षमण सापकोटा ‘वीकल्प’को सभापतित्वमा सम्पन्न कार्यक्रममा यहाँरहेका बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै दुतावासका प्रथम सचिव थापाले नेपाली भाषा साहित्य र नेपाली साहित्यको बिकासक्रमका बिबिध रोचक प्रसँगको व्याख्या गर्दै प्रतिस्ठानले आयोजना गरेका कार्य हरुको प्रशंशा गर्दै सफलताको शुभकामना दिएका थिए भने यूएईका चर्चित कवी तथा साहित्यकार राम प्रशाद प्रसाइले रोचक कविता “ठुली दिदी” वाचन गरे।
कार्यक्रममा सर्वदाका केन्द्रिय सदस्य तथा अन्तरराष्ट्रिय साहित्यिक महासंघ यूएई च्याप्टरका सचिव दिपराज नेयोङगहाङले “मेरो प्यारो ओखल ढुङ्गा’ लाई प्रत्यक्ष गाएर सुनाउदै देश भत्त भावनाले ओतप्रोत ‘देशले रगत मागे मलाई वली चढाउ’ भन्ने बोलको गीत गाउदा उपस्थित सबै मन्त्र मुग्ध भएका थिए । अर्का स्थानीय गायक खुशीराम निस्चलले ‘हुँदैन होला अब त भेट’ भन्ने बोलको आफ्नै शब्द गाएर उपस्थीत दर्शकलाई मनोरन्जन दिए। सर्वदाका केन्द्रिय सह-कोषाध्यक्ष दिपक अधिकारीले गजल वाचन गरेका थिए भने जनसंपर्क समितीका महामन्त्री मिन बहादुर रानाभाटले गजल तथा कविता वाचन गरे भने प्रवासी नेपाली युवासंघका केन्द्रिय सचिव राजु भुजलको ठटयोली पाराको’खै कस्तो जिन्दगी’ नामक जिन्दगीको यथार्थ छड्के ब्यज्ञंले सबैलाई पेटमिची मिची हसायो। भुजेलले आफ्नो मन्तब्य राख्ने क्रममा नेपाली साहित्यमा आयातित बिदेशी भाषाको प्रयोगको क्रम बढेकोले आफ्नो भाषा लाई आयातितमा मिसाएर औपनिवेशिक नबनाउन कलमकर्मी सम्पूर्ण साहित्यकारलाई जोडदार आग्रह गरे।