यूरोपको ऋण संकटबाट न्यूयोर्कमा शेयरको मूल्य र अन्तर्राष्ट्रिय तेलको मूल्यमा प्रभाव

युरोपको ऋण संकटबाट प्रभाव परेको कारणले न्यूयोर्कको शेयर बजारमा शेयरको मूल्य र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यसमेत हिजो ठूलो मात्रामा घटेका छन्। ग्रीस, इटाली र बेल्जियम गरी तीन मुलुकलाई गरिएको सर्वभौमिक विश्वासको मूल्याङ्कनको सूची क्रमशःघटेको हुनाले लगानीकर्ताहरुको संकल्पमा पनि प्रभाव परेको छ।

हिजै लगानीकर्ताहरुले कच्चा-तेल बजारबाट आफ्नो लगानी फिर्ता लिन थालेको कारणले न्यूयोर्क र लण्डनका तेल बजारहरुमा तेलको मूल्य 2 प्रतिशतभन्दा बढी घटेको छ। हिजो प्रतिअमेरिकी डलर यूरो मुद्राको विनिमय-दर पनि घटेको छ। यो विगत दुई महिनायताकै न्यून बिन्दुमा पुगेको छ।