संविधानसभाको भविष्य, षड्यन्त्र र छिमेकीको उद्देश्य

रामजी बगाले- काठमान्डौ – यतिबेला सबैको ध्यान संविधानसभाले तानेको छ। सञ्चारमाध्यमदेखि सामान्य नागरिकसम्मलाई संविधानसभाको भविष्यले सताएको जस्तो देखिन्छ। एका बिहानै दैलोमा आइपुग्ने कुनै पनि पत्रपत्रिकामा संविधानसभाकै सेरोफोरोमा जोडिएका समाचार, लेख भेटिन्छन्। रेडियो खोल्यो, संविधानसभाकै चिन्ता जाहेर भएको पाइन्छ। टेलिभिजन हेर्‍यो, संविधानसभाकै विषयमा बहस र छलफल भइरहेको देखिन्छ। यी सबै कुराको सार जान्ने हो भने त्यो के हो भने, समयमा संविधान बन्न नसकेको अवस्था र संविधानसभा नै भंग हुने हो कि भन्ने चिन्ता नै प्रमुख हो। त्यसैले संविधानसभाको म्याद थप्ने कि नथप्ने भन्ने मुद्दामा नेपालको राष्ट्रिय राजनीति फेरि एकपल्ट नराम्ररी विभाजित भएको छ। त्यसको बाक्लो छायाँ राजनीतिक दलहरूमा पनि परेको छ। फलतः दलहरुभित्र पनि धेरै संख्यामा गुट