भारतको राजधानि नयाँ दिल्ली नजिकै बुधबार राति एउटा एम्बुलेन्स हवाईजहाज दुर्घटना हुन्दा दश जनाको मृत्यु भएको छ ।
सो विमान पत्नाबाट नयाँ दिल्ली उडेको थियो र विमानमा एक विरामी सहित दुई चिकित्सक थिए ।
विमान नयाँ दिल्ली नजिकै फरिदाबाद शहरको एक आवास क्षेत्रमा खसेको थियो र तल जमीनमा रहेका सात व्यक्तिको पनि उक्त दुर्घटनामा मृत्यु भएको जनाएको छ ।