अमेरिकी पदाधिकारीको उत्तर कोरियाको भ्रमण सम्पन्न

            अमेरिकी विदेश मन्त्रालयअन्तर्गत उत्तर कोरियाको लागि मानव अधिकार सम्बन्धी विशेष प्रतिनिधि रोबर्ट किंग तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास कार्यक्रम अन्तर्गत बैदेशिक प्रकोप उद्धारसम्बन्धी सहायक प्रमुख जोन ब्राउस आज विमान चढी प्याङयाङ छोड्नुभयो। उहाँका साथमा भर्खरै उत्तर कोरियाद्वारा रिहा गरिएका अमेरिकी नागरिक जुन योङ सु पनि रहेका छन्।

श्री रोबर्ट किंग तथा जोन ब्राउस उत्तर कोरियाको भ्रमणका लागि गत चौबीस तारिख प्याङयाङमा पुग्नुभएको हो। उहाँहरुले उत्तर कोरियाको अन्नपात सम्बन्धी मागबारे जानकारी लिनुभयो। उत्तर कोरियाका सञ्चार माध्यमका अनुसार, दुवै पक्षले “उत्तर कोरिया र अमेरिकाबीचको मानवतावादी समस्याबारे छलफल गर्ने”छन्।

ती दुई जना अमेरिकी पदाधिकारीका साथमा रहेका अरु कर्मचारी भने आज प्याङयाङ छोड्नुभएको छैन। उहाँहरुले आगामी जुन दुइ तारिखसम्म उत्तर कोरियामा त्यसको अन्नपातसम्बन्धी मागबारे सर्भेक्षण गर्नुहुनेछ।