अमेरिकी परराष्ट्रमन्त्री हिलारी क्लिन्टन 27 तारिखका दिन पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नुभएको छ। उहाँले”अल काइदा”का नाइके ओसामा बिन लादेन अमेरिकी सेनाद्बारा मारिएपछि अमेरिकाका उच्च पदाधिकारीको रुपमा पाकिस्तानको पहिलो भ्रमण गर्नुभएको हो।
समाचारअनुसार श्रीमती हिलारीले केही घण्टाको भ्रमणमा पाकिस्तानको राष्ट्रपति जर्दारी ,प्रधानमन्त्री गिलानी, स्थल सेनाका चीफ अफ जनरल स्टाफ परबेज कायनी आदिसँग भेटवार्ता गर्नभुएको छ।
यस महिनाको दुई तारिखका दिन अमेरिकी विशेष सेनाले पाकिस्तानको अबोटाबाद जिल्लामा बिन लादनलाई मारिदिएको थियो। पाकिस्तानले अमेरिकाको यस एकतर्फी गतिविधिको कडा निन्दा गरेको थियो। जसबाट पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा सबैभन्दा खराबको अवस्था आएको थियो। जनमत अनुसार श्रीमती हिलारीको यस पाकिस्तान भ्रमणले दुई मुलुकबीचको सम्बन्धमा सुधार हुनेछ।